प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीशको इजलासमा हुने

Spread the love

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिट आफ्नो एकल इजलासमा राखेका छन् । अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुँदैछ ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबारका लागि पेशी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीका नेताहरुको विद्रोहको कुरा आत्मघाती कदम हो

२०७८ जेष्ठ १३, बिहीबार १०:४४
Spread the loveशंकर पोखरेल । संविधानको धारा ७६(३)अन्तरगतको सरकारमा जसपा तटस्थ रहनेहुदा वहुमतको सम्भावना नरहने स्थितिमा प्रमले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु भएको अवस्थामा सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि प्रस्ताव माग भएको, धारा७६(५) अन्तरगतको सरकार वस्तुतः चुनावी सरकार हुनेभएका कारण जसपा प्रधानमन्त्री केपीशर्मा ओलीको […]