योजना आयोगका नौ जना पूर्वउपाध्यक्षद्वारा पूर्ण बजेट नल्याउन आग्रह

Spread the love

काठमाडौं । राष्ट्रिय योजना आयोगका नौ जना पूर्वउपाध्यक्षहरुले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै उनीहरूले अत्यधिक सार्वजनकि ऋण लिने, राजश्वका दरमा परिवर्तन गर्ने काम समेत नगर्न अनुरोध गरेका छन् । यसरी अनुरोध गर्नेहरूमा आयोगका पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, डा शङ्कर शर्मा, डा पीताम्बर शर्मा, डा दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, डा गोविन्दराज पोखरेल, डा मीनबहादुर श्रेष्ठ र डा स्वर्णीम वाग्ले छन्। ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीन आक्रोशित

२०७८ जेष्ठ १३, बिहीबार २२:४३
Spread the loveचिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई राजनीतिक आवरण दिएको र अरूलाई […]