सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मल्लको कोरोना संक्रमणबाट निधन

Spread the love

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय सचिव धनसिंह क्षेत्रीले जानकारी दिएका छन् ।

कैलालीको भजनीका मल्लको काठमाडौंमा उपचारका क्रमममा निधन भएको हो । उनको बुधबार राति ११ बजे निधन भएको क्षेत्रीले बताए। मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए । उनको आज अन्त्येष्टि गरिने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी कांग्रेसमा प्रवेश गरेका थिए। उनी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका थिए । तत्कालीन प्रधानपञ्च समेत रहेका मल्ललाई २०७४ सालको माघमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । उनी २०७६ सालको असोज १८ गते पदमुक्त भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘यास’ चक्रवातका कारण अबको तीन दिन बाढी पहिरोको उच्च जोखिम, सावधानी अपनाउन अनुरोध

२०७८ जेष्ठ १३, बिहीबार ०९:१५
Spread the loveकाठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म […]