कंगोको गोमा क्षेत्रमा पुनः ज्वालामुखी विस्फोट

Spread the love

पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको छ । यहाँ भएका स्थानीय वासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायतार्कीहरुले बढाएको बताइएको छ ।

यसअघि गत मे २२ का दिनमा कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो ।

ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको थियो । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका थिए ।

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका थिए । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्काे गाउँमा पुगेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

२०७८ जेष्ठ १५, शनिबार २३:२४
Spread the loveभियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा […]