४० माइक्रोनभन्दा पातला प्लाष्टिक उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध

Spread the love

काठमाडौं । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा यस्तो घोषणा गरेका हुन् ।
साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए ।

आगामी आर्थिक वर्षमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापित गरिने

२०७८ जेष्ठ १५, शनिबार १७:३७
Spread the loveकाठमाडौँ । सरकारले २०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने बताएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विस २०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने र विद्युत सवारीको प्रयोगलाई प्रोत्साहन गरिने बताए । । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल […]