खोप सहायता उपलब्ध गराउन वेलायतकी महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वेलायतकी महारानी एलिजावेथ द्वितीयलाई नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ । बेलायतले गत साता नेपाल सरकारको अनुरोधबमोजिम नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिन, अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि खोप सहयोगका लागि पत्र लेखेकी छिन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्वारा मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

२०७८ जेष्ठ १६, आईतवार २२:०१
Spread the loveकाठमाडौं । सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो । हिमालबाट सङ्कलन […]