भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

Spread the love

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा कोभिड–१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।

नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण रहेको छ । कोरोना विरुद्ध बनेका खोपहरु फाइजर र एस्ट्राजिनिकाको दुबै डोज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् ।

हालै भियतनामामा फेला परेको कोरोना विरुद्धको नयाँ भेरियन्टले विरामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित

२०७८ जेष्ठ १६, आईतवार ०८:३७
Spread the loveकाठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो […]