व्यापक छलफल गरेर मात्र सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नुपर्छः योगेश भट्टराई

Spread the love

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल हुने बताएपछि त्यसतर्फ संकेत गर्दै भट्टराईले नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने भन्दै सबैसँग छलफल र विमर्श गरिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘ ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवााद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी रणनीति बनाउन देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा

२०७८ जेष्ठ १६, आईतवार १०:११
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला विपक्षी गठबन्धनका नेताहरुबीच छलफलमा जुटेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, […]

समाचार छुट्याे की?