एमालेको स्थायी कमिटी बैठक फेरि सर्यो

Spread the love

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि हँुदैछ ।

यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेती प्रादेशिक अस्पतालमा पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन

२०७८ जेष्ठ १७, सोमबार ०९:५८
Spread the loveकैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएको छ । कोरोना सङक्रमण मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई सेवा लिन हुन सम्बन्धित सबैको जानकारीका लागि सूचनामार्फत अनुरोध गरिएको […]

समाचार छुट्याे की?