थप ४१७८ जनामा कोरोना संक्रमण, ११४ को मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ४१७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६१३०२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६४९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४७४४६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३८६ पुगेको छ । क्वारेन्टाइनमा १०६४७० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टाइनमा ६८९ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

२०७८ जेष्ठ १७, सोमबार १७:५३
Spread the loveकाठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सूचना जारी गरी ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ […]