काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाको महन्थ ठाकुर पक्षलाई २० मन्त्री दिएर आफूसँग पाँच मन्त्रालय राख्न सुझाव दिएका छन् ।
सोमबार राति ट्वीट गर्दै रावलले यसरी जसपालाई २० मन्त्रालय दिँदा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने ! भन्दै व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो । प्रधानमन्त्री केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला ! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने !’
जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो।प्रमं केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसंग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने!
— Dr. Bhim Rawal (@BhimRawal179) May 31, 2021
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको ठाकुर पक्षका नेताहरुको छलफलमा जसपा आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने विषयमा कुरा भएको खबर सार्वजनिक भएको थियो ।