भारतमा कोभिडको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ

Spread the love

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ । ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो । प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताएका छन् । हाल भारत कोभिडको घातक दोस्रो लहर नियन्त्रण गर्न सङ्घर्षरत छ ।

बितेको चौबीस घण्टामा भारतमा कोरोनाभाइरसका एक लाख ६५ हजार नयाँ सङ्क्रमित भेटिएका र सो अवधिमा ३,४६० जनाको ज्यान गएको बताइएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २ करोड ७८ लाख नाघेको छ।

हाल त्यहाँ २१ लाख मानिसमा सक्रिय सङ्क्रमण छ । कोभिडका कारण भारतमा ज्यान गुमाउनेहरूको सङ्ख्या सवा तीन लाख नाघेको छ। अढाइ करोडभन्दा धेरै मानिस निको भइसकेका छन् । भारतमा हालसम्म २१ करोडभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको बताइएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति थान 'गिल्ट' सँगालिनेछन् होला महामारी सकिंदासम्म ?

२०७८ जेष्ठ १७, सोमबार ०८:५३
Spread the loveडा. अनुप सुवेदी । १. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ। २. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन। ३. […]