काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका छन् ।
सामाजिक संजालमार्फत रावलले के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले लेखेका छन्, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो । यसले,के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 31, 2021
त्यस्तै नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पनि राष्ट्रपतिले खोपका लागि याचना गरेको प्रति आपत्ति जनाएकी छन् । सोमबार सामाजिक संजालमार्फत संग्रौलाले विश्वका राष्ट्रपतिहरुसँग अनुनयविनय गर्दै भिक /सहयोग माग्ने अधिकार राष्ट्रपतिलाई संविधानको कुन धारा अन्तरगत प्राप्त हुन्छ ? भन्दै प्रश्न गरेकी छन् । उनको प्रश्न छ , ‘कार्यकारी अधिकार भएको मन्त्रिपरिषदले राष्ट्रपतिलाई पत्राचार गरि भिक/सहयोग माग्ने अधिकार दिएको हो ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोग माग्दै चीन, भारत, अमेरिका, रुस तथा वेलायती महारानीलाई पत्राचार गरेकी छन् । चीनले भने १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ । खोप लिन आज राति नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदैछ ।