जसपाको विवाद उत्कर्षमाः ठाकुर र यादवद्वारा एकअर्कालाई पार्टीबाट निस्कासन

Spread the love

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादव पक्षले अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेलगत्तै ठाकुर पक्षले यादवलाई पार्टीबाट निस्कासन गरेको हो । यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादवपक्षले पनि त्यसको जानकारी आयोगलाई दिइसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो

२०७८ जेष्ठ १८, मंगलवार १८:२५
Spread the loveकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से ११.६८ अङ्कले घटेर दुई […]

समाचार छुट्याे की?