सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति

Spread the love

काठमाडौँ । सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुन अनुसार पहल गर्ने सहमति भएको छ ।

थरुहट/थारुवान आन्दोलका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मुल्यांकन गरी क्षतिपुर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

त्यस्तै संविधानमा उल्लेखित व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्काहरुमा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधानअनुरुपको व्याख्या र व्यवस्था गर्ने उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

२०७८ जेष्ठ १८, मंगलवार १५:०८
Spread the loveकाठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ । खोप लिन बेइजिङ गएको नेपाल वायुसेवा निगमको विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा चीनका राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए […]