हिमालय एयरलाइन्सले कुनमिङबाट २ लाख डोज भेरोसेल ल्याउने

Spread the love

काठमाडौं । चीन सरकारले अनुदानमा दिने कोभिडविरुद्धको २ लाख डोज खोप हिमालय एयरलाइन्सले निःशुल्क ल्याइदिने भएको छ । हिमालय एयरलाइन्सले उक्त खोप युनान प्रान्तको कुनमिङबाट निःशुल्क नेपाल ल्याइदिने भएको हो । विज्ञप्ति जारी गरी हिमालय एयरलाइन्सले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने जनाएको छ ।

चार उडानबाट कूल ४१७ वटा खोपका बक्स काठमाडौं ल्याइने हिमालयले जानकारी दिएको छ । एउटा उडानमा हिमालयले १०५ बक्स ल्याउनेछ । पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

यसमा पहिलो लट आएको हिमालयले जानकारी दिएको छ। यो निःशुल्क ढुवानीबाट सरकारलाई २ करोड रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ । बाँकी ८ लाख डोज खोप नेपाल एयरलाइन्सले बेइजिङबाट आजै ल्याउँदै छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन हुने

२०७८ जेष्ठ १८, मंगलवार १२:१०
Spread the loveकाठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् । शाक्यले पटक–पटक यस्ता विवाद आउने गरेकाले […]