कुर्सी बचाउने नाममा तराईलाई मरुभूमिकरण गर्न खोजियोः प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय बजेटमा समेटिएको भन्दै आपत्ति जनाएका छन् ।

सचिवालयमार्फत अध्यक्ष प्रचण्डले जनविरोधी निर्णय तुरुन्त खारेज गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

अध्यादेशमार्तफ ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोबास गराउने, वन क्षेत्रमा होटल, मोटल, रिसोर्ट खोल्ने लगायत ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बताइएको छ । सर्वत्र विरोध भएपछि अर्थ मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनुसूची १८ को ढाँचामा विवरण पेस गर्न जसपाका दुबै पक्षलाई निर्वाचन आयोगको निर्देशन

२०७८ जेष्ठ १९, बुधबार १७:२६
Spread the loveकाठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पेस गर्न पत्र पठाएको छ । अध्यक्ष ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनेर आयोगलाई पत्र पठाएकोमा आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पठाउन भनेर […]

समाचार छुट्याे की?