छत्रपाटी निःशुल्क चिकित्सालयलाई महानगरले दियो थप दुई थान भेन्टिलेटर

Spread the love

काठमाडौं । काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।

नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो ।

हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो ।

उपकरणको मूल्य प्रतिगोटा २६ लाख ५० हजार रहेको बताइएको छ । उपकरण हस्तान्तरणपछि प्रमुख शाक्यले जसरी हुन्छ, सङ्क्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिने महानगरपालिका केन्द्रित रहेको बताए ।

अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य २६ लाख ५० हजार हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड संक्रमितलाई डा. भगवान कोइरालाका सुझाव(भिडियोसहित)

२०७८ जेष्ठ २०, बिहीबार १६:४५
Spread the loveकाठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कोरोना संक्रमण भयो भन्दैमा नआत्तिन आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत कोइरालाले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि प्रयोग नगर्न र अक्सिजनलगायतका औषधि प्रयोग नगर्न सुझाव दिएका हुन् । यस्ता छन् कोइरालाका सुझावः –कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ भयो भन्दैमा धेरै आत्तिनु जरुरी […]