नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने

Spread the love

अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे थप अनुसन्धान गर्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ । सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर अनुसन्धान गर्ने नासाले लक्ष्य लिएको छ ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ । ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन् । नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो । त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन् । नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानलाई निजी सम्पत्ति जस्तो बनाउन खोजियोः भीम रावल

२०७८ जेष्ठ २०, बिहीबार ०८:४१
Spread the loveकाठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले काम चलाउन सरकारले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहसँग संविधान संशोधनका लागि सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत रावलले सत्तास्वार्थका लागि संविधानलाई निजी सम्पत्ति जस्तो गरिएको भन्दै विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपीको नेतृत्वमा […]