काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले काम चलाउन सरकारले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहसँग संविधान संशोधनका लागि सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक संजालमार्फत रावलले सत्तास्वार्थका लागि संविधानलाई निजी सम्पत्ति जस्तो गरिएको भन्दै विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपीको नेतृत्वमा काम चलाउ सरकारद्वारा एउटा समूहसँग भएको सम्झौतामा नेपालको संविधान संशोधन गर्ने विषय पनि उल्लेख छ । सत्तास्वार्थमा निर्लिप्त हुनेहरू संविधानलाई निजी सम्पत्ति जस्तो गरेर कति तल झर्न र गैरजिम्मेवार कामकुरा गर्न उद्दत हुँदारहेछन् भन्ने प्रष्ट भएको छ ।’
सरकारले जसपाको ठाकुर समूहसँग संविधान संशोधनका लागि आयोग गठन गर्ने सहमति गरेको खबर सार्वजनिक भएका छन् ।
