ऋषि कट्टेल ।
हुनत संसदवादीहरु हरेक दिन केही न केही तमासा देखाइरहेकै हुन्छन् । यी तमासाहरु मध्ये यो हप्ता सर्वोच्च अदालतमा देखिएको तमासा चै सबैभन्दा उत्कृष्ट लाग्यो । यो किन पनि उत्कृष्ट छ भने अबदेखि झगडियाले न्यायाधीश रोज्न पाउने नजिर अदालतले स्थापित गर्यौं । अबअर्को पक्षले अर्थात् सरकारी पक्षले अब अर्को बन्ने बेन्च अस्विकार गरे के हुने र अझै यस्तो बेञ्चको निर्णय अस्विकार गरे के हुने ? अनि यिनीहरुको कथित व्यवस्थाको अवस्था के हुने ? सारमा यो व्यवस्थाको एउटा अंग अदालत मुलतः विघटित हुन पुग्यो । संसद विघटितनै छ । अरु भनिएका संवैधानिक निकायहरु प्यारालाइसिसका विरामी जस्तै छन् । अब यो व्यवस्था उपचारै नलाग्ने कोरोनाको संक्रमणवाट थलिएको छ । मृत घोषणा हुन मात्र बाँकी छ ।
यति छिटै यस्तो अवस्था किन आयो ? यसको पछाडि दुई वटा कारण प्रष्ट देखिन्छ । पहिलो संसदवादीहरुको आन्तरिक झगडा र झगडाको निम्ति यिनका मालिकहरुका निर्देशन । मालिकहरु दुई कित्तामा बाँडिएका देखिन्छन् ।
त्यसैले याहाँपनि उनीहरुकै निर्देशन बमोजिम दुई प्रतिक्रियावादी केन्द्र खडा भएका छन् । एक केन्द्रको नेतृत्व ओली गरिरहेका छन् । जुनकेन्द्र १२ बुँदे दिल्ली संझौताका विरुद्धमा छ । वाह्य रुपमा यसलाई मोदी र अमेरिकन एलाएन्सले समर्थन गरिरहेका छन् । यो एलाएन्समार्फत मोदी दिल्लीको पुरानो सत्ताका समर्थकहरुलाई पूर्ण रुपमा सफाया गर्न चाहन्छ । दोस्रो केन्द्रको नेतृत्व शेरबहादुरले गरेका छन् । जुनकेन्द्र १२ बुँदे दिल्ली संझौताका पक्षमा छ । वाह्य रुपमा यसलाई दिल्लीको परानो सत्ता र इयू एलाएन्सले समर्थन गरिरहेका छन् ।
यो एलायन्स १२ बुँदे समर्थकवालाहरुको एलाएन्सलाई जोगाउन चाहन्छ । अहिले देशमा देखाइएको तमासा यिनै शक्तिकेन्द्रको निर्देशनमा तयार गरिएको नौटंकी हो भन्नेकुरा घटनाहरुले पुष्टि गरिरहेका छन् ।