अष्ट्रेलियाबाट आयो स्वास्थ्य सामग्री

Spread the love

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड–१९ माहामारी विरूद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका ती सामग्रीहरु नेपालका लागि अष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् ।

सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले दक्षिण एसियाका मित्रलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामग्री ल्याइएको बताइन् ।

आज ल्याईएका १ दशमलव ८ लाख अष्ट्रेलियन डलर मूल्यका सामाग्रीहरुमा नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न महासंघको आग्रह

२०७८ जेष्ठ २२, शनिबार १७:२३
Spread the loveकाठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले विद्यालयमा सबैले समानरुपमा पढ्न पाउनुपर्ने संवैधानिक हकको […]