जिम्मेवार पदमा रहेका व्यक्तिबाट अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण: गोकर्ण विष्ट

Spread the love

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत विष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको बताएका हुन् । उनले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले भनेका छन्, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

महतोले शुक्रबार शपथलगत्तै सरकारमा बसेर बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अष्ट्रेलियाबाट आयो स्वास्थ्य सामग्री

२०७८ जेष्ठ २२, शनिबार १७:१३
Spread the loveकाठमाडौं । अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड–१९ माहामारी विरूद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ । अष्ट्रेलियाली वायु सेनाको विशेष विमानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएका ती सामग्रीहरु नेपालका लागि अष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । सामग्रीहरु […]