प्रधानमन्त्रीलाई महतोको संविधान विरोधी अभिव्यक्तिबारे स्पष्ट पार्न माधव नेपाल पक्षका १५ नेताको माग

Spread the love

काठमाडौं । नेकपा एमालेका १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गरेका छन् । शनिबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १५ नेताले संयुक्त वक्तव्य जारी गरी नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाएका हुन् ।

१५ नेताले महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे केपी ओलीबाट स्पष्ट पार्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित फेला

२०७८ जेष्ठ २२, शनिबार २१:३०
Spread the loveबेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना […]

समाचार छुट्याे की?