विश्वमै संक्रमणमुक्त हुनेको संख्या बढ्दै

Spread the love

पछिल्ला केही दिनयता विश्वमा कोरोना भाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९३ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ लाख १६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म विश्वमा संक्रमण मुक्त हुनेको संख्या १५ करोड ६० लाख ५९ हजार ४१० पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ९०.१७ प्रतिशत हो ।

यस्तै, हालसम्म विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख १८ हजार ४७० पुगेको छ । संक्रमितमध्ये १ करोड ३५ लाख ३१ हजार ७७७ जना होम तथा संस्थागत आइसोलसनमा सक्रिय संक्रिमत रहेका छन् । जसमध्ये ८८ हजार १ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ । यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार २८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सयबढीको मृत्यु भएको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा ६ लाख १२ हजार २४० जनाको मृत्यु भएको छ भने ३ करोड ४१ लाख ९२ हजार भन्दाबढी संक्रमित भएका छन् ।

दोस्रो लहरको अतिप्रभावित मुलुक भारतमा ३ लाख ४४ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जनामा संक्रमण भएको छ भने ३३ सय ८२ संक्रमितको मृत्यु भएको छ । भारतमा हाल संक्रमितको संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

२०७८ जेष्ठ २२, शनिबार ०९:५७
Spread the loveसोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका […]