सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

Spread the love

सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन् ।

यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले यहाँ खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म ब्रिटिश प्रधानमन्त्री जोनसनलाई हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै खोप दिन आग्रह गर्छुः प्रधानमन्त्री

२०७८ जेष्ठ २२, शनिबार ११:१९
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । नेपाल कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको बेला बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने […]