पाल्पामा जेठ मसान्तसम्म निषेधाज्ञा

Spread the love

तानसेन । पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्याइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।

कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न नेता कार्यकर्तालाई माधव नेपाल पक्षको आह्वान

२०७८ जेष्ठ २३, आईतवार १४:१३
Spread the loveकाठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपील गरेको छ । बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकले पारित प्रस्ताव सर्कुलर गर्दै नेपाल पक्षले पार्टीलाई एकताबद्ध राख्ने आफूहरुको चाहनामा कुठाराघात भएको बताएको छ । बैठकले नवौं महाधिवेशनको मार्ग निर्देशन […]