विवाहको खर्च कटाएर आश्रमलाई साढे चार लाखको सहयोग, दुई हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने न्यौपानेको घोषणा

Spread the love

काठमाडौं । जनरल मेडिसिन तथा औषधि विज्ञ विष्णु न्यौपानेले शनिबार मानव सेवा आश्रम बालाजुमा पुगेर त्यहाँ रहेका करिव १५० जनालाई निःशुल्क भोजन गराएका छन् । वैवाहिक वन्धनमा बाँधिएको उपलक्ष्यमा न्यौपानेले आश्रम पुगेर निःशुल्क भोजन गराएका हुन् । राजनीति र समाजसेवामा समेत सक्रिय न्यौपानेले आश्रममा प्रत्येक महिना निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र वार्षिक करिव साढे चार लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने सम्झौतासमेत गरेका छन् ।

आश्रममा रहेका असहायहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आफूले यस्तो अभियान संचालन गरेको उनले बताएका छन् । त्यस्तै उनले रसुवाको नौकुण्ड गाउँपालिकाका सबै सरकारी विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका छन् । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले गाउँपालिकाका सरकारी विद्यालयका सबै विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको बताए ।

नौकुण्डका सरकारी विद्यालयमा दुई हजार भन्दा बढी विद्यार्थी रहेका र उनीहरु सबैका लागि बजेट छुट्याएको उनले बताए । लामोसमय विभिन्न स्वास्थ्य संस्था लगायत विभिन्न क्षेत्रमा काम गरेका न्यौपाने पछिल्लो समय काठमाडौंको कपनमा स्वास्थ्य क्लिनिक संचालन गर्दै आएका छन् ।

त्यस्तै उनले समय समयमा विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरसमेत संचालन गर्दै आएका छन् । न्यौपानेले गतवर्ष महामारीमा कपनस्थित आफ्नो चार तले घर सरकारले चाहेमा पूर्णरुपमा निःशुल्क क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुर्किना फासोमा हतियारधारी समूहको हमलामा दर्जनौँ सर्वसाधारणको मृत्यु

२०७८ जेष्ठ २३, आईतवार ०८:०२
Spread the loveबुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले गरेको आक्रमणमा करिब एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले बताएका छन् । शुक्रवार राति सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरिएको सरकारी भनाइलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ । हालसम्म आक्रमणको जिम्मा कसैले […]

समाचार छुट्याे की?