जगन्नाथ खतिवडा ।
आजको केपी ओलीको पार्टी एकताबारेको वक्तव्य भ्रामक छ । तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादी समेत समावेश गरेर २६४ बनाएका छन् । उनले जेठ २ को पूर्व अवस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेष्ठ ३ को पूर्व अवस्थामा लेखेर जाल गरेका छन् । सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ । अरु कुनै कुरामा उनले अफूलाई सच्याएका छैनन् । यो हाम्रो सहमतिको वक्तव्य त हुँदै होइन ।
मातहत पार्टी कमिटी र जनसङ्गठनका बारेमा पनि उनले एमाले कालमा नफर्काउने गरि “मुलभुत रुपमा“ भन्ने शब्द राखेर षड्यन्त्रको बाटो सुरक्षित गरेका छन् । स्वीकार्य छैन ।न अल्मलिनु हुन अनुरोध छ । यस बीचमा विभिन्न कमरेडहरुले गल्ती गरेकोमा कार्बाही गरिने छैन भनेका छन्, निष्कासन गरिएकाको कार्बाही खारेज गरेका होइनन् । यो पनि कार्यकर्तालाई अलमल्याउने तर्क मात्र हो। आफूले गल्ती गरेको स्वीकार गरेका छैनन् । समग्रमा यो झुठ र भ्रमको पुलिन्दा हो । कोही पनि भ्रममा नपर्नु होला । संसद विघटन गरेकोमा माफी माग्नु र विघटन फिर्ता लिनुपर्ने प्रधानमन्त्रीले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएका छन् ।
कम्युनिस्ट आन्दोलनलाई नै समाप्त गर्नु भन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजीनामा गर्नु सबै भन्दा उत्तम हुनेछ । यस्तो अवस्थामा केपी ओलीको मनखुसीले निकालेको वक्तव्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाई मान्य छैन । कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु ।