कोरोना संक्रमणबाट १०८ जनाको मृत्यु, ६५७० जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ३८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप ३८७० जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणमा १२८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९५३६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५०४५३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०९८ पुगेको छ । क्वारेन्टाइनमा ७४७ जना छन् भने आइसोलेसनमा ८२७३६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा साउन एक गतेदेखिः अर्थमन्त्री

२०७८ जेष्ठ २५, मंगलवार १६:५८
Spread the loveकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको सुरुवाती दिनदेखि नै कार्यान्वयनमा लैजाने बताएका छन् । मंगलबार अनेरास्ववियूको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरेको शैक्षिक ऋणसँग सम्बन्धित र अन्य सबै […]