मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

Spread the love

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । विस्वासको मत लिने प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता भएको छ ।

विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् ।

मुख्यमन्त्री गुरुङले पठाएको पत्र सचिवालयमा दर्ता भएर विश्वासको मत लिनेबारे सूचना सार्वजनिक गरिएको छ । वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढी मूल्य तिरेर खोप खरीद नगर्न विश्व स्वास्थ्य सङ्गठनको आग्रह

२०७८ जेष्ठ २५, मंगलवार १५:३०
Spread the loveविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ […]