कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु, ५७६८ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ३४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०७४ जनामा गरिएको पीसीआर परीक्षणमा ३४४९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४५६८ जनाको गरिएको एन्टिजेन परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५७६८ जना संक्रमणमुक्त भएका छन् । काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१७८ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ८०३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा नपरौं, आगामी भदौमै हुन्छः सभापति देउवा

२०७८ जेष्ठ २६, बुधबार १७:१५
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चौधौं महाधिवेशन आगामी भदौमा हुने बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी सभापति देउवाले भदौमा महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् । उनले महाधिवेशन सम्पन्न गर्न आआफ्नो स्थानबाट दत्तचित्त भएर लाग्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । उनले भनेका […]