मन्त्रिपरिषदका नवनियुक्त सदस्यले लिए शपथ

Spread the love

काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गृहमन्त्रीमा खगराज अधिकारी, संचारमा नैनकला थापा, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको जिम्मेवारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीको जिम्मेवारी आशा विकलाई दिइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने

२०७८ जेष्ठ २७, बिहीबार २१:५८
Spread the loveकाठमाडौं । काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले बिहीबार सूचना जारी गरी मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती […]