स्वास्थ्यमन्त्री तामाङको सम्पत्तिः १४ ठाउँमा जग्गा, २२ तोला सुन

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री छिन् ।

यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीको १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ ।

श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ । यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुख्र्याैली र खरीद गरिएको दुवैथरि छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महासचिव गुटरेसद्वारा अफगानिस्तानमा भएको हत्याको निन्दा

२०७८ जेष्ठ २७, बिहीबार १३:२७
Spread the loveसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गरेका छन् । उनले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गरेका हुन् । उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो । उक्त हमलामा परी सो संस्थाका कम्तीमा […]

समाचार छुट्याे की?