गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेपालीको दाबी पेश, दीपक मनाङेको पनि समर्थन

Spread the love

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि २४ घण्टाको समय दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दावी पेश गरेका छन् । ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् ।

नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकतन्त्र धरापमा परेको भन्दै दलहरु चिन्तित

२०७८ जेष्ठ २८, शुक्रबार १८:२६
Spread the loveकाठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको राजनीतिक परिस्थितिका बारेमा राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । शुक्रबार संसद भवन नयाँबानेश्वरमा सभामुख सापकोटाले उनीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा नेताहरुले विघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनःस्थापना गर्नुको विकल्प नभएको बताएका थिए । उनीहरुले राष्ट्रपति र […]

समाचार छुट्याे की?