धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

Spread the love

धनुषा । धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।

मध्यान्ह १२ बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभामुख सापकोटा पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा, प्रधानमन्त्री ओली भने अनुपस्थित

२०७८ जेष्ठ २८, शुक्रबार १४:४३
Spread the loveकाठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल सुरु गरेका छन् । संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका नेताहरू डा. […]

समाचार छुट्याे की?