निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गणेश लामालाई दुई हजार जरिवाना

Spread the love

पोखरा । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामा शुक्रबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो ।

प्रहरीले उनलाई लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

अध्यादेशमा निषेधाज्ञा उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा उनी आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशंका गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदमा बहुमत गुम्दा एक मिनेटपनि बस्न हुँदैनः मुख्यमन्त्री पोखरेल

२०७८ जेष्ठ २८, शुक्रबार १६:४६
Spread the loveबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम टेबल गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले बहुमत गुम्दा एक मिनेट पनि सत्तामा बस्न नहुने बताएका हुन् । उनले संसदभित्रको अंक गणितमा आफूले […]