सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

Spread the love

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा पूर्वप्रधानमन्त्रीहरु तथा दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । सभामुखले आज दिउँसो दुई बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्  ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ । बैठकमा प्रधानमन्त्री ओली भने नजाने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु र कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शलाई निरन्तरता दिइरहेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वेलायतले आफूसँग भएको दश करोड डोज खोप गरिब देशलाई अनुदानमा दिने

२०७८ जेष्ठ २८, शुक्रबार ०८:१९
Spread the loveवेलायतका प्रधानमन्त्री बोरिस जोनसनले वेलायतले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताएका छन् । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताए । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा […]