सभामुख सापकोटा पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा, प्रधानमन्त्री ओली भने अनुपस्थित

Spread the love

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल सुरु गरेका छन् ।

संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उनी भने उपस्थित छैनन् । दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि सभामुखले पूर्वसभामुख र कानुन व्यवसायीसँग परामर्श गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाकिस्तानमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु, ३० घाइते

२०७८ जेष्ठ २८, शुक्रबार १५:०९
Spread the loveपाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ […]