मेलम्ची नदीमा भीषण बाढी, केही मानिस वेपत्ता भएको आशंका (भिडियोसहित)

Spread the love

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ ।

स्थानीयका अनुसार बाढीले जताततै पुल सडक बगाएको छ भने मेलम्चीको सिटी पार्क, आमाह्यल्मो बसपार्क बगाएको छ । मेलम्चीको झोलुङ्गे र पक्की पुलमा बाढी पसेको छ । मानवीय क्षति निकै भएको स्थानीयले अनुमान गरेका छन् । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेलम्चीमा बाढीको वितण्डा(फोटो र भिडियोमा)

२०७८ असार १, मंगलवार २३:१४
Spread the loveमेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ । स्वास्थ्य तथा जन संख्यामन्त्री शेरबहादुर तामाङका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औँ जना बेपत्ता भएका छन् । बाढीले मेलम्ची खानेपानी ड्याम बगाएको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत […]