सोमालियामा आत्मघाती आक्रमणमा १५ सैनिकको मृत्यु

Spread the love

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरी प्रवक्ता सदिक अलि अडेनले बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए ।

शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ ।
यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ ।

घटना लगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुको भनाईमा कम्तीमा १४ जनाको अवस्था निकै नाजूक छ । आफन्तहरु आक्रमणको शिकार भएको आशंकामा सयौं व्यक्ति अस्पताल परिसरमा भेला भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेलम्ची नदीमा भीषण बाढी, केही मानिस वेपत्ता भएको आशंका (भिडियोसहित)

२०७८ असार १, मंगलवार २१:५९
Spread the loveमेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । स्थानीयका अनुसार बाढीले जताततै पुल सडक बगाएको छ भने मेलम्चीको सिटी पार्क, आमाह्यल्मो बसपार्क बगाएको छ । मेलम्चीको झोलुङ्गे र […]