महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Spread the love

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।

भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ । महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३, बिहीबार ०९:४४
Spread the loveचितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले बिहीबार रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते […]