काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै संघीयतालाई मजबुत र राजनीतिक स्थिरता दिन विश्वासको मत दिन आग्रह गरेका हुन् ।
जनताले दिएको मतादेश पाँच वर्षको लागि भएको भन्दै पोखरेलले बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने बताए । उनले कोभिड विरुद्धको खोप अभियान अघि बढाउन र कोराना नियन्त्रणका लागि प्रदेशमा थप तयारी गर्ने निर्णय गरेको बताए । उनले आफू नेतृत्वको सरकारले पाठेघर रोगको क्यान्सर उपचारका लागि शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिए ।