एएफसी एसियन कपको अन्तिम छनोटका लागि ५० सदस्यीय प्रारम्भिक टिम घोषणा

Spread the love

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एसियन कपको अन्तिम छनोटका लागि ५० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका छन् । नेपाली टिमले आगामी सातादेखि प्रशिक्षण सुरु गर्नेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तयारी असार १७ गते देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अभ्यास दुई शत्रमा गर्ने एन्फाले जनाएको छ। विहान १० बजे र अपरान्ह ४ बजे अभ्यास हुनेछ । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुनेछ । एसियन कपको अन्तिम छनोट सन् २०२२ को १ फेब्रुअरीदेखि हुनेछ । नेपालसहित २४ टिमले एसियन कपको अन्तिम छनोटमा खेल्नेछन् ।

प्रारम्भिक टिम
अपर्ण कार्की (गोलकिपर), विकेश कुथु (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), किरणकुमार लिम्बु (गोलकिपर), आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार

२०७८ असार ८, मंगलवार १२:४४
Spread the loveसंयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन् । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको […]

समाचार छुट्याे की?