कोरोना संक्रमणबाट कर्णालीमा तीन सयको मृत्यु

Spread the love

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो ।

प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबस्स घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको अद्यावधिक तथ्याङ्कानुसार २७ हजार ४२१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५८२ रहेको छ ।

स्वास्थ्य निर्देशक डा रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि सङ्क्रमण दर भने नघटेको बताए । “सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ”, उनले भने,“कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।”, सङ्क्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनआरएनए र आइओएमबीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

२०७८ असार ८, मंगलवार १४:२९
Spread the loveकाठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका […]