क्रिकेटको बन्द प्रशिक्षण शुरु

Spread the love

काठमाडौं । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा प्रशिक्षण शुरु भएको हो ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन् । त्यसका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडी छनोट गरेको थियो । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएको क्यानले जनाएको छ ।

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा छन् ।

बन्द प्रशिक्षणअघि सबै खेलाडीको कोरोना परीक्षण गरिएकामा नेगेटिभ आएको क्यानले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुँदै

२०७८ असार ८, मंगलवार २३:०८
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजदेखि निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न यसअघि लिखित आदेश गरेका थिए । विघटनविरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग […]