चीनमा क्रिप्टोकरेन्सीका सबै कारोबारमा प्रतिबन्धित

Spread the love

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन बैंक र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको छ ।

गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो । सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो ।

अप्रिलमा प्रतिबिटकोइन ६३ हजार अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ । सोमबार केन्द्रीय पीपल्स बैंक अफ चाइनाले हालै मुख्य बैंक र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो ।

एग्रिकल्चरल बैंक अफ चाइनाले केन्द्रीय बैंकको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ ।

पोस्टल सेभिङ बैंकले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ । मोबाइल र अनलाइन भुक्तानी सेवा अलिपेले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार रोक्न निरीक्षण प्रणाली विकास गर्ने बताएको छ ।

गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटकोइन चीनमा माइनिङ गरिएको थियो । केम्ब्रिज विश्वविद्यालयको अध्ययनले सिचुवान प्रान्त दोस्रो सबैभन्दा बढी बिटकोइन माइनिङ हुने स्थान भएको देखाएको थियो ।

बिटकोइन माइनिङमा कम्प्युटरको धेरै प्रशोधन शक्ति र ऊर्जा आवश्यक पर्छ । गत महिना चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियान अन्तर्गत क्रिप्टोकरेन्सी कारोबार रोक्ने बताएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट कर्णालीमा तीन सयको मृत्यु

२०७८ असार ८, मंगलवार १३:२३
Spread the loveकर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो । प्रदेशमा […]