दक्षिण कोरियाको एसके बायोसाइन्सले खोप उत्पादनका लागि एक खर्ब ५० अर्ब वन लगानी गर्ने

Spread the love

दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

खोपहरूको बढ्दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्नेछ साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ ।

एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछ ।

यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९,१३० वर्ग मिटर जमिन खरिद गरि कारखाना स्थललाई १६१,००० वर्ग मिटरमा विस्तार गर्नेछ । एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रिपरिषद् पुनर्गठनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७८ असार ८, मंगलवार १५:५२
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै मन्त्रपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले […]