पार्टी एकताका लागि फागुन २३ पछि एमालेका नाममा गरिएका भनिएका सबै गुटका निर्णयहरु खारेज गर्नुपर्छः भीम आचार्य

Spread the love

काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत भएको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत आचार्यले गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज र गरिएका सबै कामहरु अवैध घोषणा गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टी भित्रका गुटहरुको टकरावका कारण यसबीचमा भएका द्वन्द्व र कामहरुको उपयुक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
यस्तो छ आचार्यको प्रस्तावः
यतिबेला नेकपा विभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् ।

अहिले नेकपा एमाले भित्र घात–प्रतिघात, गुट उपगुट, विश्वास–अविश्वास, कार्वाही–प्रतिकारबाही, समर्थन–बिरोध जस्ता कृयाकलापहरू भैरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो । यसको अन्त्यको निम्ति निम्न कार्य गर्न आवश्यक छ :
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्वभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु void घोषणा गर्नुपर्दछ ।

(३) पार्टी भित्रका गुटहरुको टकरावका कारण यसबीच भएका द्वन्द्व र कामहरुको उपयुक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।

(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

(५) पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नुपर्दछ ।

(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताकासाथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्ध्हिरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्दछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपलब्धिको रक्षागर्दै संविधानलाई सही बाटोमा हिँडाउछौंः प्रचण्ड

२०७८ असार ८, मंगलवार ११:५३
Spread the loveचितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् । माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने […]

समाचार छुट्याे की?