मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

Spread the love

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संयुक्त इजलासमा हुने भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका पुरकसहित ९ रिट प्रधानन्यायाधीश जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ । सर्वोच्चमा रिट दायर भएर कारण देखाउ आदेश जारी भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विस्तार गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पुरक निवेदन दिएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीसहित, अधिवक्ता अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने, वीरेन्द्र प्रसाद साह समेतले राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई रिट दायर गरेका छन्। रिट निवेदकले पुनर्गठित मन्त्रिमण्डललाई काम कारवाहीमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

कामचलाउ भइसकेपछि मन्त्रिमण्डल विस्तार कानुन संविधानको बर्खिलाप भएको निवेदकको जिकिर छ । प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाबाट १० र एमालेबाट ६ गरी मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । त्यस्तै दोस्रोपटक जेठ २७ गते जसपाबाट एक र एमालेबाट ७ सहित ८ मन्त्री थपेर पूर्णता दिएका थिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी एकताका लागि फागुन २३ पछि एमालेका नाममा गरिएका भनिएका सबै गुटका निर्णयहरु खारेज गर्नुपर्छः भीम आचार्य

२०७८ असार ८, मंगलवार ११:३४
Spread the loveकाठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत भएको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत आचार्यले गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज र […]

समाचार छुट्याे की?